Logo
३० भदौ २०८२, सोमबार

प्रतिनिधि सभा बैठक: सांसदले उठाएका प्रश्नको मन्त्रीले जवाफ दिने

अक्षरपाटी
२०८२ साउन २० , मंगलबार ०९:०८ मा प्रकाशित

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ।

संसद बैठक भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बैठक बस्ने छ।

आजको बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने कार्यसूची तय भएको छ।

त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव राख्नेछन्।

विधेयकमाथि प्राप्त भएका संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने छन्।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ प्रस्तुत गर्नेछन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रतिनिधिसभा बैठक