एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी तेल खरीद गरेको भन्दै भारतमाथि थप २५ प्रतिशत गरेर ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेपछि चीनले कडा टिप्पणी गरेको छ।
चीनले अमेरिकाको यो कदमलाई व्यापारिक उपाएको दुरुपयोगको संज्ञा दिँदै कडा आलोचना गरेको हो ।
बिहीबार एक प्रेस कन्फरेन्समा चीनका विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भनेका छन् कि- ‘चीनले सँधै ट्यारिफ दुरुपयोगको विरोध गर्दै आएको छ । यसबारे हाम्रो नीति स्पस्ट र स्थायी छ ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेर भारतबाट आयात हुने वस्तुमा थप २५ प्रतिशत अतिरिक्त महसुल लगाएपछि जियाकुनको यो धारणा आएको हो ।
ट्रम्पले भारतमाथि ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गर्दै भनेका थिए, ‘भारत रुसबाट तेल खरिद गर्ने मामलामा चीनको निकै निकट छ। अब अमेरिका यसलाई रोक्न सेकेन्डरी प्रतिबन्धतर्फ बढ्नेछ ।’
अमेरिकाले भारतमाथि ७ अगस्टबाट २५ प्रतिशत अतिरिक्त भन्सार महसुल लगाएको थियो भने यसपटक थप लगाएको अतिरिक्त महसुल आगामी २७ अगस्टबाट लागू हुनेछ।
अतिरिक्त भन्सार महसुल चीन डोनाल्ड ट्रम्प भारत