Logo
१७ जेठ २०८३, आईतबार

‘सिटामोल’ र ‘मोहर’आजदेखि देशभरका सिनेमा हलमा

अक्षरपाटी
२०८२ साउन २३ , शुक्रबार ११:०८ मा प्रकाशित

काठमाडौं । शुक्रबारदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। सौगात मल्ल र बेनिशा हमाल अभिनीत ‘सिटामोल’ र पल शाह, बेनिशा हमाल र नीति शाहको फिल्म ‘मोहर’ देशभरका सिनेमा हलमा प्रदर्शनमा आएका हुन्।

फिल्म ‘सिटामोल’ सामाजिक कथामा बनेको फिल्म हो। राजबहादुर सानेको निर्देशन रहेको फिल्मले एक पूर्वमाओवादी कमाण्डरलाई केन्द्रमा राखेर कथा भन्छ। त्यस्तै, ‘मोहर’ सामाजिक–थ्रिलर फिल्म हो।

ओम प्रतीकको निर्देशनमा बनेको फिल्मले देउकी प्रथाको नाममा बालिकामाथि हुने हिंसाको कथा भन्छ। दुवै फिल्मले टिजर, ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया पाइसकेका छन्।

मोहर सिटामोल

ट्रेन्डिङ ( साप्ताहिक )