Logo
२६ साउन २०८२, सोमबार

साउथवेस्टर्न स्टेट कलेजद्वारा चेस प्रतियोगिता आयोजना

अक्षरपाटी
२०८२ साउन २३ , शुक्रबार ०६:०८ मा प्रकाशित

काठमाडौं । साउथवेस्टर्न स्टेट कलेज, बसुन्धराको आयोजनामा प्रथम साउथवेस्टर्न स्टेट कलेज चेस प्रतियोगिता हुने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै साउन २७ र २८ गते कार्यक्रम गर्न लागिएको जानकारी गराइएको हो।

दुई दिनसम्म चल्ने यो प्रतियोगिता नेपालको चेस इतिहासमै सबैभन्दा ठूलो कलेजस्तरीय आयोजनामध्ये एक हुने दाबी गरिएको छ ।

प्रतियोगितामा १ लाख ४२ हजार नगद पुरस्कार, उच्चस्तरीय व्यवस्थापन, काठमाडौँ उपत्यका बाहिरबाट आउनेहरूको बसोबास, सुरक्षा र सम्पूर्ण व्यवस्थाको लागि कलेज व्यवस्थापनले विशेष तयारीसहित झन्डै ७ लाख रुपैयाँभन्दा बढीको लगानी गरेको बताइएको छ।

प्रतियोगितामा भाग लिन दर्ता शुल्क एक हजार तोकिएको छ। सहभागी हुन चाहनेले साउन २५ गतेसम्म नाम दर्ता गराउन पाउनेछन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार, अन्य स्थान र महिला खेलाडीहरूका लागि विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा टोखा नगरपालिकाको सहयोग उल्लेखनीय रहेको आयोजक संस्थाले बताएका छ ।

नगरप्रमुख प्रकाश अधिकारी, वडा नं. ५ का अध्यक्ष मदन गुरुङ र वडा नं.७ का अध्यक्ष नरोत्तम राणाको सक्रिय भूमिकाले कार्यक्रमको व्यवस्थापन र सफलतामा योगदान दिएको आयोजकको भनाइ छ ।

चेसको माध्यमबाट शैक्षिक संस्था र विद्यार्थीबीचको नेटवर्क विस्तार, प्रतिस्पर्धा र सहकार्यको सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।

चेस प्रतियोगिता साउथवेस्टर्न स्टेट कलेज