Logo
२२ मंसीर २०८२, सोमबार

जैस्मिनले भनिन् : म पनि ‘कास्टिंग काउच’को शिकार बनेकी छु

अक्षरपाटी
२०८२ साउन २६ , सोमबार ०६:०८ मा प्रकाशित

एजेन्सी । भारतीय टिभी अभिनेत्री जैस्मिन भसीनले गम्भीर खुलासा गरेकी छन्।

भिटी सो ‘नागिन’, ‘दिल से दिल तक’, ‘बिग बोस’जस्ता शोहरुमा निकै रुचाइएकी जैस्मिनले आफू धेरै पहिला कास्टिंग काउचको शिकार बनेको खुलासा गरेकी हुन्।

एक विज्ञापनबाट चर्चित भएकी जैस्मिन पछिल्लो समय पंजाबी फिल्ममा पनि सक्रिय छिन्।

उनले निकै लामो समयपछि आफूले भोगेको घटनाबारे खुलासा गर्दै भनेकी छन्- ‘जुन घटना मैले आज पनि भुल्न सकेकी छैन।’

जैस्मिले आफूलाई एक डाइरेक्टरले अडिशनका क्रममा होटेलको बन्द कोठामा गलत व्यवहार गर्ने कोशिस गरेको बताएकी छन्।

आजका दिनमा टिभी शोहरुमा निकै प्रख्यात अभिनेत्री भए पनि आफू धेरै वर्ष पहिला यौन दुव्र्यवहारको शिकार भएको विस्तारमा खुलाएकी हुन्।

कास्टिंग काउच जैस्मिन भसीन