Logo
२८ असोज २०८२, मंगलबार

भारत थप २०० मेगावाट बिजुली किन्न तयार

अक्षरपाटी
२०८२ साउन २७ , मंगलबार ११:०८ मा प्रकाशित

काठमाडौं। नेपालबाट अब भारतमा एक हजार ११ मेघावाट विद्युत निर्यात हुने भएको छ।

भारतले थप २०० मेगावाट खदिर गर्ने सहमति दिएपछि कूल नियात १०११ मेगावाट पुग्ने भएको हो।

भारतले लिखु २, लिखु खोला ए, ठूलो खोला, लोअर सोलु, सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादन हुने बिजुली खरिदका लागि सहमति दिएको हो।

यसअघि भारतमा नेपालबा ८१० दशमलव ९ मेगावाट विद्युत निर्यात हुँदै आएको थियो। अहिले स्वीकृत २ सय मेगावाट विद्युतको निर्यात भने ३१ अक्टोबरसम्म रहने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालले भारतलाई विद्युत बेचेर १७ अर्ब ४७ करोड आम्दानी गरेको छ।

नेपाल विद्धुत प्राविकरण भारत