त्रिशूली। त्रिशूली नदीले उत्तरगया क्षेत्रमा रहेको सडक नै बगाएपछि बाटो अवरुद्ध भएको छ।
उत्तरगया गाउँपालिका ५ को बेत्रावतीमा त्रिशूलीले आज सडक बगाउँदा सवारी आवतजावत ठप्प भएको स्थानीय गणेश श्रेष्ठले अक्षरपाटीलाई जानकारी दिए।
गल्छी, त्रिशूली बेत्रावती, मैलुङग रसुवागढी सडकको बेत्रावती पेट्रोल पम्प अगाडिको भाग त्रिशूलीले बगाएपछि यतिबेला सडक अवरुद्ध भएको श्रेष्ठले बताए।
सडक बगाएपछि सर्वसाधारण, विद्यार्थीलगायतलाई आवतजावतमा जोखिम बढेकाे छ।
सडकको अवस्थाबारे रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारीले आजै अनुगमन गरेका थिए।
यसअघि रसुवा नाकाबाट चीन जोड्ने मितेरी पुल असार २४ को बाढीले बगाएको थियो।
तस्बिरहरु : गणेश श्रेष्ठ
बेत्रावती रसुवा सडक अवरुद्ध