काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस अवधिमा बैंकले ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
याे नाफा अघिल्लो वर्षभन्दा ४६.२२ प्रतिशतले बढी हाे । अघिल्लो वर्ष बैंकले २ अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशत बढेर ८ अर्ब २ करोड ८ लाख ९४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ७ अर्ब २१ करोड ६७ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २१.३० प्रतिशतले बढेर २ अर्ब १८ करोड १७ लाख ५१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १४ प्रतिशतले बढेर १८ अर्ब ८८ करोड १६ लाख ६२ हजार रुपैयाँ र सञ्चालन नाफा ६४.४६ प्रतिशतले बढेर ५ अर्ब ३५ करोड २ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड ९४ लाख ४७ हजार रुपैयाँ छ । यस आधारमा बैंकले १०.४० प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ९ करोड २८ लाख ४१ हजार रुपैयाँ ऋणात्मक थियो ।
बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ र जगेडा कोष १५.२० प्रतिशत बढेर १२ अर्ब ३२ करोड ५५ लाख ८८ हजार रुपैयाँ पुगेको छ । बैंकको निक्षेप संकलन २५.४४ प्रतिशत बढेर २ खर्ब ८० अर्ब ९२ करोड ६६ लाख ६८ हजार रुपैयाँ र कर्जा लगानी २७.९१ प्रतिशत बढेर २ खर्ब २९ अर्ब ११ करोड ९३ लाख ४२ हजार रुपैयाँ गरेको छ ।
अघिल्लो वर्ष बैंकले २ खर्ब २३ अर्ब ९४ करोड २५ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९४ अर्ब ३० करोड ४१ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ५.६५ रुपैयाँ बढेर १७.८७ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७६.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १५.१० गुणा छ । गत वर्ष बैंकको खराब कर्जा भने ३.४० प्रतिशतबाट बढेर ३.७२ प्रतिशत पुगेको छ ।
एनएमबी बैंक