काठमाडौं । नेपाली कांग्रेसका नेता दयाराम पाण्डेले नेपाल–भारतको सम्बन्ध अझ प्रगाढ बनाइनुपर्ने बताएका छन्।
छिमेकी मुलुक भारतको ७९औं स्वतन्त्रता दिसवको अवसरमा रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो देशको समस्या खुलेर भन्न सक्नुपर्ने बताएका हुन्।
‘नेपाल–भारतको सम्बन्ध हामीले गाढा बनाउनुपर्छ । अहिले प्रधानमन्त्री केपी ओली हुनुहुन्छ । उहाँले भारतीय प्रधानमन्त्रीसँग नेपालको कार्यकारी प्रधानमन्त्रीको हैसियतलखुलेर नेपालको समस्याबारेमा भन्नुपर्छ,’ उनले भने।
नेपाल–भारत र दुई देशका जनता–जनताबीच डीएनए नै मिल्ने उनले बताए । नेपाली जनता भारतमा र भारतीय जनता नेपालमा आएर व्यापार, व्यवसाय र रोजगारीमा रहेको बताए । यो परम्परा आजमात्रै नभएर विगत लामो समयदेखि चल्दै आएको उनको भनाइ छ ।
‘नेपाल र भारतको जनता–जनताको, सरकार र सरकारबीचको डीएनए नै मिल्छ । नेपालीको त्यहाँ ठूलो बसोबास छ । धेरै नेपाली संसारको कुनै अर्को देशमा हुनुहुन्छ भने भारतमा हुनुहुन्छ । भारतीय जनता पनि नेपालमा नभएको होइन । धेरै वर्ष अगाडिदेखि नेपालमा बसोबास गर्नुभएको छ । व्यापार व्यवसाय गर्नुभएको छ,’ उनले भने ।
उनले विश्वको सर्वशक्तिमान र सबैभन्दा धेरै जनसंख्या भएको भारत र चीनको बीचमा भएको नेपालले यी देशबाट फाइदा लिनसक्नुपर्ने बताए ।
नेपालले उत्तर फर्किँदा एउटा कुरा, दक्षिण फर्किँदा अर्को कुरा गर्न नहुने उनले बताए । साथै, भारत र नेपालबीच निकै घनिष्ठ धार्मिक सम्बन्ध रहेको पनि उनले धारणा राखे ।
दयाराम पाण्डे नेपाली कांग्रेस