Logo
४ भदौ २०८२, बुधबार

राधा-राधा !

अक्षरपाटी
२०८२ साउन ३१ , शनिबार १२:०८ मा प्रकाशित

o अमित संग्रौला

तिम्रो र मेरो प्रेम
सृष्टिकै सुन्दर प्रेम हुनेछ
अथाह श्रद्धा-भक्ति र
शुद्धताले भरिपूर्ण हुनेछ
सारा लोकका मान्छेले
अनौठो अनुभूती गर्नेछन्
हाँस्छन रुन्छन नाच्छन
आफूलाई नै भुल्दै
प्रेमको अनुष्ठानमा रमाउँछन ।

मेरी प्रिय राधा ज !
तिम्रो र मेरो नाम जोडेर
भजन हुनेछ, किर्तन हुनेछ
तिम्रो र मेरो प्रेमको पूजा हुनेछ
मठ-मन्दिर, देवालयमा
मूर्ति बनाएर पुज्नेछन्,

तिम्रो र मेरो प्रेम देखेर
अझ प्रेममा सौन्दर्य थपिनेछ
तिमी जहाँ जहाँ जान्छौ
म तिम्रै वरीपरि हुन्छु
तिम्रो श्वासदेखि आत्मासम्म
दैडीरहेको हुन्छु ।

देखिनौ ?
जहाँ राधा छिन्
त्यहाँनेर राधाकृष्ण छन्
त्यसैले मेरी प्रिय राधा
हाम्रो प्रेम फूल जस्तो ओइलिँदैन
सधैँ जुनजस्तो चम्किरहन्छ
युगौँयुगसम्म बाँचिरहने छ,

जता हेर्यो उतै प्रेम छ
सर्वत्र छ उनको प्रेम
भक्ति र श्रद्धाले भरिदिन्छ
त्यसैले जताततै राधाको प्रेम छ !!!

बिर्तामोड

अमित संग्रौला कविता
यो पनि हेर्नुहोस् : जीवनको हाजिरीखाता