Logo
३० असोज २०८३, शुक्रबार

मन्त्री तामाङलाई रसुवा प्रवेश द्वारमै स्वागत

अक्षरपाटी
२०८२ भदौ २ , सोमबार ०४:०८ मा प्रकाशित

रसुवा। रसुवा जिल्लाबाट पहिलोपटक मन्त्री बनेका प्रभात तामाङलाई रसुवाको प्रवेशद्वारमा स्वागत गरिएको छ।

जिल्लाबाट बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मान्त्री बनेका तामाङलाई जिल्ला प्रवेशका क्रममा स्वागत गरिएको हो।

मन्त्री बनेपछि नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आज उनलाई स्वागत तथा बधाइ कार्यक्रम राखेको थियो।

सो कार्यक्रममा सहभागि हुन जाने क्रममा उनलाई नेपाल स्काउट रसुवा जिल्ला समन्वय कर्ता गणेश श्रेष्ठ, सकुन्तला थापा, स्काउटर (एडभान्स) जीवन श्रेष्ठलगायतले रसुवा प्रवेशद्वारमा स्वागत गरेका हुन्।

प्रभात तामाङ रसुवा