Logo
५ भदौ २०८२, बिहीबार

माछापुछ्रे पोलिक्लिनिक र प्रभु बैंकबीच विशेष छुट सम्झौता

अक्षरपाटी
२०८२ भदौ ५ , बिहीबार ०९:०८ मा प्रकाशित

पोखरा। पोखरामा रहेको माछापुछ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालि र प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्झौता भएको छ।

पोखरा महानगरपालिका २७, तालचोक, कास्कीस्थित गाइग्नोष्टिक प्राली र बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीलाई माछापुछ्रे पोलीक्लिनिकमा स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकले ५ देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन।

उक्त सम्झौतापत्रमा माछापुछ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालिका तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक भावना भण्डारी तथा प्रभु बैंक लिका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलको संयुक्त हस्ताक्षर गरिएको छ।

‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालय, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथ सेवा दिँदै आएको छ ।

माछापुछ्रे पोलिक्लिनिक