काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १८.०२ अंकले बढेर २७३९.९५ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ९.२२ अंकले घटेर २७५७.९७ बन्द भएको थियो ।
आज कारोबारमा आएका ४१ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०८ कम्पनीको शेयरमूल्य घटेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा छ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा पाँच अर्ब २ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३१ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा विकास हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ७.२९ प्रतिशतले घटेको छ ।