काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले किसानको समस्याप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत उनले खेतीपातीको समयमा मल अभाव, किसानलाई मल किन्न लाइनमा उभिनुपर्ने अवस्था, उत्पादन भएको दूध सडकमा फाल्नुपर्ने, प्रमुख नगदे बाली उखुको भुक्तानी समयमै नपाइने, कहिले अनुदान कटौती गरिने जस्ता समस्या देखिँदा देशले कसरी खाद्यान्नमा आत्मनिर्भर बन्न सक्ने प्रश्न उठाएका छन्।
“कृषिलाई सरकारले प्राथमिकतामा राखेको भन्ने कुरा किताबमा लेखेर वा भाषणमा बोलेर मात्र सम्भव हुँदैन,” उनले भनेका छन्।
कोइरालाले उखुको बोटसहित किसान आन्दोलनमा आउनु अत्यन्त दुःखद स्थिति भएको बताउँदै तत्काल माग पूरा गर्न सरकारसँग आग्रह गरेका छन्।