Logo
१० भदौ २०८२, मंगलबार

राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व लक्षित कर्जा अफर

अक्षरपाटी
२०८२ भदौ १० , मंगलबार ०१:०८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्षित कर्जामा योजना सार्वजनिक गरेको छ ।

बैंकका सूचना अधिकारी पवन रेग्मीद्वारा जारी विज्ञप्तिमा घर कर्जातर्फ २० वर्षका लागि ६ दशमलव ३० प्रतिशतमा ५ करोडसम्म प्रदान गर्न सकिने उल्लेख छ।

त्यस्तै विद्युतिय सवारी साधान खरिद गर्न चाहने ग्राहकका लागि ७ वर्ष अवधिको ६ दशमलव १० प्रतिशत ब्याजदरमा १ करोडसम्म कर्जा प्रदान गरिने बैंकले जनाएको छ।

इन्धन प्रयोग हुने सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि ६ दशमलव ८० प्रतिशत ब्याजदरमा ७ वर्षसम्मका लागि १ करोडसम्म कर्जा प्रवाह गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

चाडपर्वको समयमा सवारी साधन तथा घर खरिद गर्नेहरुको संख्या अधिक रहने भएका कारण सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले चाडपर्व विशेष कर्जा अफर ल्याएको सूचना अधिकारी रेग्मीले बताए।

कर्जा अफर राष्ट्रिय वाणिज्य बैंक

ट्रेन्डिङ ( साप्ताहिक )

बा !