Logo
२७ असोज २०८२, सोमबार

आजदेखि भारतमा अमेरिकी भन्सार दर दोब्बर, ५० प्रतिशत कर लागू

अक्षरपाटी
२०८२ भदौ ११ , बुधबार ११:०८ मा प्रकाशित

काठमाडौं । अमेरिकी सरकारले भारतमाथि २५ प्रतिशत थप भन्सार लगाउने आधिकारिक सूचना जारी गरेको छ ।

यो शुल्क भारतीय समय अनुसार बुधबार बिहान ९ः३० बजेदेखि लागू भएको हो। पहिले भन्सार दर २५ प्रतिशत थियो। अब भारतमा कुल ५० प्रतिशत भन्सार लाग्नेछ।

सूचनामा अगस्ट २७, २०२५ मा वा त्यसपछि प्रयोगका लागि आइपुगेका वा गोदामबाट हटाइएका कुनै पनि भारतीय सामानमा बढेको शुल्क लाग्ने भनिएको छ।

ट्रम्पले भारतले रुसबाट कच्चा तेल खरिद गरेर युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गरेकाले भारतमाथि ५० प्रतिशत कर लगाइएको जनाए।

भारतले ट्रम्पको यो निर्णयलाई ʻअनुचित, अकारण र तर्कहीनʼभनेको छ।

भारत