Logo
१२ भदौ २०८२, बिहीबार

जनार्दन शर्माले नपत्याउँदैमा पार्टी रोकिँदैनः प्रचण्ड

अक्षरपाटी
२०८२ भदौ १२ , बिहीबार १२:०८ मा प्रकाशित

विराटनगर । नेकपा माओवादी केन्द्रभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा प्रभाकरबीच हाल वाकयुद्ध तीव्र बन्दै गएको छ।

हालै विराटनगर आएका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै, “एक जना प्रभाकरले नपत्याएर यो पार्टी, आन्दोलन र इतिहास रोकिँदैन। स्थायी समितिको बैठकले यो कुरा प्रष्ट पारेको छ,” भने।

पत्रकारले आफ्नै नेताले नपत्याएको प्रश्न गर्दा प्रचण्डले उक्त जवाफ दिएका हुन्। उनले पदाधिकारी बैठकमा पनि यस विषयमा छलफल हुने जानकारी दिए।

स्वार्थ समूहबारे उठेको प्रश्नमा पनि प्रचण्डले अप्रत्यक्ष रूपमा जनार्दनलाई लक्षित गर्दै भने, “पार्टीको लाइन, विधि र नेतृत्वभन्दा बाहिर स्वार्थका आधारमा आन्तरिक वा बाह्य गतिविधि गर्नेहरू स्वार्थ समूह हुन्।”

जनार्दनले यसअघि प्रचण्डलाई प्रत्यक्ष चुनौती दिने अभिव्यक्ति दिएका थिए।

यसैबीच, लिपुलेक विवादबारे बोल्दै प्रचण्डले भारत–चीनसँग संवादमार्फत समस्या समाधान गर्नुपर्ने बताए। उनले प्रधानमन्त्री रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै सीमा विवाद उठाएको र मोदीले संवादबाट समाधान गर्ने प्रतिबद्धता जनाएको स्मरण गरे।

“अब अहिलेको सरकारले के गर्छ हेर्नुपर्नेछ,” प्रचण्डले भने।

पुष्पकमल दाहाल