काठमाडौँ । संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मंगलबार दिउँसो सर्वसम्मत पारित गरेको विधेयकको प्रतिवेदन समितिका सभापति तुलसाकुमारी दाहालले दिउँसो बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा पेश गरेकी थिइन।
पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएलगत्तै बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव गरेकी थिइन।
मन्त्रीले प्रस्ताव पेश गरेलगत्तै सांसद कृष्णबहादुर रोकाया, गोपीबहादुर अछामी, गोपाल भट्टराई, मायाप्रसाद शर्मा, राधेश्याम पासवान, पदमबहादुर परियार विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द लगायतका सांसदले छलफलमा भाग लिएका थिए।
उनीहरूले राखेको धारणमा मन्त्री न्यौपानेले जवाफ दिएकी थिइन।
मन्त्री न्यौपानेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ।
निजामती सेवा विधेयक