काठमाडौं । संगठन विस्तारका क्रममा काठमाडौं आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पञ्चायतकालिन राजनीतिज्ञ तथा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भद्रकुमारी घलेलाई भेटेका छन्।
निकै शालिन र साधारण रुपमा भद्रकुमारीको घरमा अभियन्तासहित पुगेका साम्पाङले घलेबाट आसिर्वाद समेत लिए।
‘पार्टी खोल्ने हो?’ भनेर सोध्नेलाई ‘हो, हामी खोल्छौँ’ यो पार्टीमा कोही पनि कसैको कार्यकर्ता बन्दैन, सिर्फ श्रमदाता बन्छ’ भन्दै संगठन विस्तार गर्न हिँडेका मेयर साम्पाङले राजधानीमा विभिन्न व्यक्तिसँग भेटघाट गरेका छन्।
‘झोला होइन, देश निर्माणका लागि ढुंगा बोकौँ’ भन्दै आब्हान गर्दै हिँडेका साम्पाङको पञ्चायतकालीन राजनीतिज्ञ भद्रकुमारीले खुलेर प्रशंसा गरिन्।
उनले साम्पाङलाई ‘तपाई सही जनप्रतिनिधि हाे’ भन्दै आगामी चुनाव जितेर मन्त्री, प्रधानमन्त्री बन्न आशिस दिइन्।
उनले मेयर हर्कको श्रमदान अभियानको खुलेर प्रशंसा गर्दै ‘तपाईँ सही जनप्रतिनिधि हो’ भनेर खुशी व्यक्ति गरिन्।
उनले हर्कलाई ‘आफू १ रुपैयाँ तिरेर १० पाथी धान खाएको जमानाको मान्छे हुँ, आज देश परालम्बि भयो, तपाईँजस्तो मान्छे नेतृत्वमा पुगे देश स्वावलम्बि बन्छ’ भन्दै आशा र विश्वास समेत व्यक्त गरिन्।
उनले देशमा सिर्जनशीलता र उद्यमशीलता नभएका कारण देशमा फलेको धान विदेशलाई बेचेर त्यही चामल किनेर खाँदा हामी पूर्ण परालम्बि भएको समेत बताइन्।
उनले ‘भगवान भनेकै असल मान्छे हो’ भनेर ब्याख्या समेत गरिन्। उनले राम मान्छे बनेर राम भगवान बनेर देखाएको, बुद्ध मान्छे बनेर जन्मिएको शान्तिका अग्रदूत बनेर देखाएको दलिल पेश गर्दै हर्कलाई पनि भगवान बन्नसक्ने सम्भावना भएको दाबी गरिन्।
उनले मेयर हर्कले बेसार बेचेको, श्रमदानबाट विकास गरेको कुराको खुलेर प्रशंसा गरिन्।
घलेले दलीय व्यवस्थामा पद र पैसा मात्रै खोज्छन् कि भन्ने लागिरहेको बेलामा ‘तपाईँजस्तो मान्छे पनि जन्मनु’आशाको किरण भएको बताइन्।
उनले आफूले १५१ किताब लेखेर १५१ महिलाबाट बिमोचन गराएको समेत मेयरलाई अवगत गराइन्।
उनले आफूजस्ताे ९५ वर्ष पुगेको शताब्दीकाे बाटाेमा लागेका व्यक्तिकाे आशिर्वाद लाग्दे समेत बताइन् । उनले आफ्ने नगरलाई स्वाबलम्बि बनाउने काम पनि शुभगुन भएकाे बताइन्।
काठमाडाैं आएका मेयर साम्पाङलाई साेमबार विमानस्थलमा समर्थक र प्रशंसकद्वारा भब्य स्वागत गरिएकाे थियाे। उनकाे पाेखरामा समेत संगठन विस्तार गर्ने कार्यक्रम छ।
भद्रकुमारी घले हर्क साम्पाङ