Logo
१९ भदौ २०८२, बिहीबार

फेसबुकसहित २६ वटा समाजिक सञ्जाल आजैबाट बन्द गर्दै सरकार

अक्षरपाटी
२०८२ भदौ १९ , बिहीबार ०४:०९ मा प्रकाशित

काठमाडौं । प्रविधिको विकाससँगै पहुँच प्राप्त नेपाली नागरिकले उपभोग गर्दै आएका विभिन्न २६ वटा सामाजिक सञ्जाल आजबाट नेपालमा बन्द गर्ने तयारी सरकारले गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो।

मेटालगायतका कम्पनीलाई हिजोँसम्म सूचीकृत हुन समयसीमा दिइएको थियो।

उनीहरु सूचीकृत नभएपछि आज सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

फेसबुक, ह्वाटस्एपलगायत २६ वटा सामाजिक सञ्जाल आजदेखि नै बन्द गरिने सरकारको निर्णय छ।

बैठकमा मन्त्रालयका अधिकारी, टेलिकम प्राधिकरणका अधिकारीलगायतको उपस्थिती रहेको थियो।

प्रतिबन्ध समाजिक सञ्जाल