काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
बुधबारका दिन प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टका तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा बिक्रि तथा कर्पोरेट निर्देशक अमृत ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
ल्यान्डमार्क होटेल तथा रिसोट अन्र्तगत चितवन, पोखरा, काठमाडौँ,तनहु र भैरहवालगायत शाखासँग प्रभु बैंकका ग्राहक तथा कर्मचारीले सेवा तथा सुविधा लिएमा विशेष छुट पाउने छन् ।
सम्झौता अनुसार प्रभु बैंका ग्राहक तथा कर्मचारीले होटेलको सुविधा प्राप्त गर्न बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतिय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने छ।
ल्यान्डमार्क होटेल तथा रिसोर्टमा आवास तर्फ विशेष सस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशत छुट हुनेछ।
प्रभु बैंकहालै अन्तर्राष्ट्रिय युरोमनी एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित भएको थियो।
यो बैंक नेपाल्स बेस्ट डिजिटल बैंक फर एसएमईएसको सम्मानबाट पनि सम्मानित भइसकेको छ।
बैंकले भिसा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२४’ सम्मेलनमा एकसाथ दुई अवार्ड प्राप्त गरेको थियो।
प्रभु बैंक बैंक अफ द इयर २०२३ बाट पनि सम्मानित भएको थियो।
बैंकका नेपालभर ३१२ शाखा कार्यालय, २५६ एटीएम साथै ४८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा दिइरहेको छ।
प्रभु बैँक लिमिटेड ल्यान्डमार्क होटेल तथा रिसोर्ट