काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।
शुक्रबार बजारमा छापावाला सुन प्रतितोला दुई लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार ४९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
भदौं १८ गते बुधबार प्रतितोला दुई हजार रुपैयाँले बढेर दुई लाख सात हजार ९०० रुपैयाँमा पुगेको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ।
बिहिबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।