Logo
२२ भदौ २०८२, आईतबार

जेनजी पुस्ताको विरोध र्यालीमा सांसद, नेता र बहुला बाठो बनेर नजानु : मेयर बालेन

अक्षरपाटी
२०८२ भदौ २२ , आईतबार ०५:०९ मा प्रकाशित

काठमाडौं । जेनजी पुस्ताले स्वतस्फुर्त रुपमा भोलि आयोजना गरेको विरोध र्यालीको समर्थन गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कठा स्ट्याटस लेखेका छन्।

उनल जेनजी पुस्ताको विरोध र्यालीमा बाठो बनेर सहभागी नबन्न नेता, सांसद, अभियन्ताहरूलाई आग्रह गरेका छन्।

आइतबार सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले जेनजीहरूको विरोध ¥यालीलाई समर्थन जनाउँदै आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्न र उनीहरुलाई सुझाएका हुन्।

उनीहरुदेखि नै दिक्काएर जेनजी पुस्ता (२८ वर्ष मुनीका)ले र्याली आयोजना गरेको आसय व्यक्त गर्दै मेयर बालेनले लेखेका छन, ‘भोलिको र्याली स्पष्ट रुपमा स्वतस्फूर्त रूपमा जेनजीको हो । उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ । जसका लागि म पनि अझै बुढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फूर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीका कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ। प्रिय जेनजी भन्नुस्, तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ?,’ बालेनले फेसबुकमा लेखेका छन्।

आफ्नो समर्थन रहेको र नेता, सांसद, अभियन्तालाई सचेत गराइएको उनको स्टाटस सरकारले फेसबुकलगायतका समाजिक सञ्जाल बन्द गराइएको अवस्थामा पनि दुई घन्टा नहुँदै १ लाख ६८ हजारभन्दा बढीले लाइक गरेका छन्।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र मौलाउँदो भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले भोलि (सोमबार) देशव्यापी रुपमा स्वतस्फूर्त विरोध गर्ने तयारी गरेका छन्।

जेनजी पुस्ता बालेन बालेन्द्र शाह