Logo
२९ पुस २०८२, मंगलबार

जेन-जीलाई संयमित हुन बालेनको अपिल, संसद विगठनको माग

अक्षरपाटी
२०८२ भदौ २४ , मंगलबार ०३:०९ मा प्रकाशित

काठमाडाैं। देशका प्रमुख प्रशासनिक केन्द्रदेखि संसद भवन समेत कब्जा गरिसकेकाे जेनजी आन्दाेलनकारीलाई संयमित हुन बालेन शाहले अपिल गरेका छन्।

उनले हिँजाेकाे आन्दाेलनमा चरम दमन गरेर नरसंहार गर्ने केपी ओलीको राजीनामा आइसकेकाले संयमित हुन भनेका छन्।

उनले लेखेका छन्, ‘हामीले स्पष्ट रूपमा भनेका थियौं। यो नितान्त Gen-Z को आन्दोलन हो। प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला!’

देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति भएको भन्दै उनले तपाईं–हामी अब संयमित हुनु जरुरी रहेकाे उल्लेख गरेका छन्।

अबकाे नेतृत्व पनि तपाईँहरुकै पुस्ताले गर्ने उल्लेख गर्दै उनले भनेका छन्, ‘अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्नेछ। तयार रहनुहोला!’

उनले सेना प्रमुखसँग वार्ता गर्न पनि तयार आव्हान गर्दै वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्ने सर्त राखेका छन्।

बालेन