काठमाडौं। भदाै २३ गते सोमबार । सम्भवत: नेपाली आन्दोलनको इतिहासमा याे एक यस्ताे आन्दाेलनको दिन हुँदैछ, जसकाे कुनै निर्देशक छैन र नेतृत्व पनि । जुन स्वतस्फुर्त आन्दोलन हुँदैछ।
स्वतस्फुर्त यसअर्थमा कि यो आन्दोलनका पछाडि कुनै वाद, विचार, धर्म, सम्प्रदाय, वर्ग, संगठन, गुट, पार्टी वा नेता र नेतृत्व छैन। छ त केवल देश छ । भ्रष्टाचाररहित समाज छ। देशको स्वार्थ छ ।
जेन-जी पुस्ता आफैले यो अभियानका लागि आफूबाटै नेतृत्व छानेका छन्। बरु विभिन्न संगठन, पार्टी र संस्थाकाे नेतृत्वमा रहेकाहरुकाे घरघरमै पुगेर उनीहरुले आग्रह गरे कि- कृपया याे आन्दाेलनमा सदभाव राखिदिनुहोला, सहभागि नभैदिनु।
यसकाे घुमाउराे अर्थ हाे- तिमीहरुबाट राम्राे हुन सकेन, व्यथिति मात्रै माैलायाे अब घुसपैठ वा जस लिने कोसिस नगरिदिनु ।
यो यस्तो पुस्ताले गर्न आँटेको आन्दोलन हो- जो हिँजोसम्म राजनीतिमा वास्ता गर्दैन थियो। कतिले त राजनीति भन्नेबित्तिकै नाक खुम्च्याउँथे। राजनीति भित्रको व्यथिति देखेर ‘फोहोरी खेल’ भनिदिन्थे।
तर आज त्यही पुस्ता देशका लागि जागेको छ। बढ्दो भ्रष्टाचार, दुराचार, अव्यवस्था, अन्याय, अत्याचार, कृपावाद, नाताबाद, कुशासन देखेर उनीहरु ‘अति भयो, अति’ भन्दै याे चरणमा पुगेको प्रष्ट हुन्छ।
युग जेन-जी र अल्फामा पुगिसक्दा पनि ‘माेबाइलमा नम्बर पनि सेभ गर्न नजान्नेहरु’ले राम्राे गर्न नसके पनि नराम्राे मात्रै नगरिदिएको भए सायद जेन-जीले याे आँट गर्ने थिएनन् र आवश्यकता ठान्ने थिएनन्। त्यसाे भएन र आज जेन-जीको याे आन्दाेलनमा जेनजी पुस्तामात्रै होइन, हरेक तह र तप्काका मानिसले साथ दिन र समर्थन गर्न चाहिरहेका देखिन्छ ।
उदाहरण मात्रै भनाै- फिनल्याण्डमा सांगीतिक कार्यक्रममा भाग लिन पुगेकी चर्चित गायिका रचना रिमाल हुन वा अमेरिकाकाे सांगीतिक कार्यक्रममा रहेकी एलिना चाैहान आफू याे महाअभियानमा जाेडिन नपाएकोमा दु:खी भएको सन्देश पठाउँदै नैतिक र भावनात्मक समर्थनकाे सन्देश पठाइरहेका छन्।
काठमाडाैंका मेयर बालेन शाह हुन वा धरानका मेयर हर्क साम्पाङकाे समर्थन र सदभावकाे सन्देश जेन-जी आन्दाेलनका लागि प्रकट भएको छ । जेलभित्रबाट रास्वपाका सभापतिले मात्रै हाेइन कहलिएका पत्रकार टिकाराम यात्रीदेखि लेखक, कवि र आम नागरिककाे समर्थन उनीहरुलाई देखिएको छ।
त्याे मात्र हाेइन सत्तासिन दलकै नेता तथा पूर्व मन्त्री गाेकुल बास्काेटाले आफ्नै सरकारले बन्द गरेकाे सामाजिक सञ्जाल फेसबुमा लेखेका छन्- ‘जेन-जी र अल्फा पुस्ता आईसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काउँदैछ। हाहु मा हैन क्षितिज पारीसम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन। मौसम त दुई महिनामा हल्का रङ्ग फेर्छ, राजनीतिमा छेपारे र चेपारे प्रवृतिसँग किन गुनासो ? हरेक दशकले त्यो चटक भोग्दै त आएको छ।’
हाे माओवादी बिद्राेहमा एक दशक बित्याे। जनआन्दाेलन ०६२-६३ पछिकाे एक दशक संविधान निर्माणकै चटकमा गयाे। ०७३ मा संविधान आएर लागू भएको आज एक दशक पुग्दा पुग्दा देशको हालत झन बत्तर बन्याे।
आज बास्कोटाले भने झैं संविधान लागू भएर देश संघीय लाेकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने चरणमा प्रवेश गरेको दशक भयाे। तर देशले के पायाे ? अब यो ‘चटक’ कुनै राजनीतिका सातिर खेलाडीले देखाउँदै छैनन्। विदेशमा अभिभावकले रगत पसिना बगाएर पढाए, हुर्काएका सन्तानहरु, सँगैकाे दाैतरी देशमा केही नदेखेर बिछाेड भएका युवा मनहरुकाे यो ‘चटक’हो याे।
याे ‘चटक’ निकै महंगाे ‘चडकन’ बन्नसक्ने संकेतहरु सामाजिक सञ्चालमा केही दिनयता चलेको भ्रष्टका सन्तानलाई ‘खुइल्याउने’ अभियानले करिब करिब प्रमाणित गरिसकेकाे छ।
हुन पनि बिबाह थियाे भने २०६२-६३ काे आन्दाेलनमा हाेमिएकाे युवाकाे सन्तान आज १८-२० वर्षकाे भइसक्याे । उनीहरुले आजसम्म माओवादी, जनआन्दाेलन, संविधान निर्माणमा आफ्ना बाबुआमा, काका-काकी, दाइ-भाउजु, मामा-माइजूले भाेगेको सकस र गरेको त्यागककाे कथा बाहेक अरु सकारात्मक परिवर्तन देख्न के पाए ?
भन्नुहाेला भाैतिक विकास भयाे । हाे त्याे समयक्रमले हुने विकास थियाे, हुन्थ्याे। न शिक्षा सहंगाे भयाे, न स्वास्थ्य सुलभ बन्याे । न देशमा थिति बस्याे, न बस्ने परिस्थित बन्याे। अनि नजागि के गराेस जेन-जी ?
बरु भयाे के त ? हाे आज जिवितमध्ये केही नेताले नेपालको लाेकतन्त्र स्थापनाका लागि त्याग र बलिदानी नगरेका हाेइनन्। जसका खातिर उनीहरुले २०४८ यता देशबाट पाउनुपर्ने पद, सम्मान आफू मात्र पाएनन्, सन्तान, दरसन्तानलाई पुग्दाे गरी सम्पन्नता पनि जाेडिसके ।
विडम्बना ‘पशुपतिका साँढेले स्थान ओगटे झैं’ कुनै समयको त्याग र बलिदानीकाे पुरानाे कथा ताेडमताेड गरेर भिजन र मिसनबिना जहिल्यै सत्ता मात्रै ओगट्ने मुर्खता उनीहरुले गरिरहे।
नयाँलाई देख्न नसके पनि आफ्नै दल र पार्टीभित्रका नयाँ पुस्तामाथि पनि उनीहरुको दमन र रैति ठान्ने साेच केपी ओलीले आफूसँग प्रतिस्पर्धा गर्ने भीम रावललाई लखेटेर त प्रचण्डले ३५ वर्षदेख पार्टी ओगटेर प्रमाणित गर्दै आए। देउवाले आफूपछिको उत्तराधिकारी आफ्दै धर्ममत्नी र भाइभतिजालाई तयार गरेर देखाए।
सबैभन्दा पुरानाे र लाेकतान्त्रिक पार्टी कांग्रेस परिवारवादमा गाँजिएर सम्भावना बाेकेका युवालाई सँधै कार्यकर्ताकाे नजरले हेर्नुकाे विरक्ति आजको जेन-जी जाग्नुकाे कारकतत्व हाे।
दल र दलका नेताप्रतिकाे अस्वीकृतिकाे आवाज पछिल्लाे स्थानीय तहकाे निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन शाह, हर्क साप्पाङ, गाेपाल हमालहरुकाे उदय गराएर नेपाली युवापुस्ताले दिएकै हाे।
तर ‘पुरानाे कथा सुनाएर नयाँ समयकाे सत्यानास गर्ने’ नेतृत्व वर्गले उनीहरुमाथि हये र दमनकाे शैली मात्र अपनाएन, असहयाेग र ‘बदनाम पात्र’लाई जबर्जस्ती प्रमुख प्रशासक पठाएर असफल बनाउने काेसिस गरिरह्ये।
०००
हुन त प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जीको आन्दाेलनलाई पनि ‘उक्साहट’को रुपमा देखेका छन्।
तर कसकाे उक्साहट ?
उनले नखुलाए पनि याे उक्साहट उनी र उनकै सारथीहरुको कर्मकाे परिणती हाे ।
त्याे कसरी त ? भन्नुहाेला । ओलीका उजागर भएका काण्डको मात्रै फेहरिस्त बनाउने हाे भने एक पुस्तिकासम्म पक्कै बन्ला ।
हुन त उनले भन्ने गरेकै छन्- ‘भ्रष्टाचारमा शून्य सहनशीलता ।’ तर उनकाे व्यवहारले भने उनमा आफूमाथिका आराेपहरु ‘सुन्ने’ सहनशीतला छ भन्ने प्रमाणित गर्दै आएको छ।
उनी आफैलाई एति, ओम्नी, बाइडबढी मात्र हाेइन, पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि भैरहवा विमानमा अर्बाैँ रकम भ्रष्टार भएकाे आराेप लाग्याे । गिरिबन्धुदेखि टिस्टेट जग्गा प्रकरणदेखि भाटभटेनीले गरेकाे जग्गा दानकाे विषयमा पार्टीभित्रै असन्तुष्टिका रुपमा फैलियाे। कम्बाेडिया काण्ड दप्पनछप्न भयाे ।
काण्डै काण्ड
वर्तमान कार्यकालमा पनि ओली सरकार भ्रष्टाचारका अनेक काण्डमा रुमल्लिएको छ। भिजिट भिसामा मानव तस्करी भइरहेकाे काण्डमा गृहमन्त्री रमेश लेखककै नाम मुछियाे । प्रधानमन्त्रीको स्पेन भ्रमणका क्रममा मानव तस्करी भएकाे आराेप लाग्याे।
रातारात बनेकाे मन्त्रीमण्डलमा समेटिएका मन्त्रीहरु नै भुटानी सरणार्थी प्रकरणमा मुछिएकाहरु समेटिए। न सफाइ पाए, न आराेपकाे सुनुवाइ।
यसअघि आफूलाई प्रधानमन्त्रीमा टिकाईरहन उनले संविधानमा नभएको व्यवस्था प्रयोग गरेर दुई पटक संसद विघटन गरिदिएको इतिहास कसैले बिर्सिसकेकाे विषय हाेइन। पाेलपाेलमा पाेस्टर टाँसेर गरेकाे आत्मप्रचार र रेलै नभएकाे रेल कार्यालय कम उद्देककाे विषय हाेइन।
वर्तमान कार्यकालमा पनि ओली सरकार भ्रष्टाचारका अनेक काण्डमा रुमल्लिएको छ। भिजिट भिसामा मानव तस्करी भइरहेकाे काण्डमा गृहमन्त्री रमेश लेखककै नाम मुछियाे । प्रधानमन्त्रीको स्पेन भ्रमणका क्रममा मानव तस्करी भएकाे आराेप लाग्याे। यी विषय न छानविन भए, न संलिए।
उनकै मन्त्रि मण्डलका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो काण्ड सार्वजनिक भयाे। आर्थिक लेनदेनमा जाेडिए पनि राजीनामा बाहेक कुनै कारबाही भएन।
पूर्वमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बिचौलियाकाे भूमिका निभाएकाे विषय तैं चुप मै चुप ओली सरकारकै पालामा भयाे।
ओली सरकारकै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बजेटमा चलखेल गरेकाे भन्दै कांग्रेस सांसदले संसदमै ‘सिंह अर्को चुनावमा हारून् भन्दै पशुपतिनाथ गुहार्दा’ समेत उनी रमिते बने।
नेपाल पर्यटन बोर्डको सिइओ नियुक्तिदेखि क्यासिनोलाई लाइसेन्स दिने काममा चलखेल भएको आराेप लागेका पर्यटन मन्त्रीमाथि सामान्य साेधपुछ गरिएन।
उर्जा मन्त्री दीपक खड्काले ठूला घरानालाई बक्याैता तिराउन खाेज्ने कुलमान घिसिङ हटाउन गरेकाे निर्लज्ज खेल मात्र होइन, आफू निकटका व्यभिचारी, बलात्कारीलाई समेत काखा च्यापेकाे दृश्य पनि यही जेन-जी पुस्ताले नियाली बसेकाे थियाे।
त्याे मात्र हाेइन देशमै केही गर्नुपर्छ र देशलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने याेजना बाेकेका महाबीर पुनको दु:ख, दर्द र राज्यले गरेको अपमान यही पुस्ताले टुलुटुलु कहिलेसम्म हेरिबस्ने ?
०००
र पनि अधिनायकवाद ?
संविधानले ज्ञारेन्टी गरेकाे जनताकाे शिक्षा, स्वास्थ्य, आवाश र गाँसकाे व्यवस्था गर्नुपर्ने सरकार महंगीकाे मार र बेराेजगारी उपहार बाहेक केही दिनसकिरहेकाे भनेकाे भ्रष्टाचार, अत्याचार मात्रै थियाे।
एउटा कुरा सरकारबेगर पनि जनताले पाएका थिए- त्याे हाे वाक स्वतन्त्रा, अभिव्यक्तिकाे सहज माध्यम ।
मध्य रातमा हठात याे सरकार बन्दा गरिएकाे सात बुँदे सहमतिमा संविधान संसाेधन त एकादेशकाे कथा भैगयाे। बुँदा नम्बर ३ मा थियाे- अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यावसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने। आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने।
तर याे सरकारले अन्तष्ट्रिय लगानी त परकाे कुरा विना शुल्क सेवा दिएर नेपालका युवालाई गरिखाने प्लाटफर्म दिएका सामाजिक सञ्जालका मुहानै गैह्रकुटनीतिक तरिकाले सुकाएर सरकारले आफ्नै खुट्टामा बन्चराे हान्ने काम गर्याे भने तिनै माध्यमबाट नेपालकाे कानुनअनुसार राेजीराेटीकाे माध्यम बनाएकाहरुलाई सरकारले गाँसै खाेसिदियाे ।
जबकि सम्बन्धित देशसँग कुटनीतिक सम्बन्ध राखेर, सम्बन्धित कम्पनीसँग पत्राचार वा प्रतिनिधि पठाएर वार्ताबाट समाधान गर्न सकिने विषयलाई ‘शाही कू’ झैं ‘ओली कू’ गरियाे।
याे विषयमा सत्तासाझेदार दलका सभापतिलाई नै छलिएकाे प्रष्ट हुन्छ। त्याे कसरी भने देउवाले मिडियालाई आफूले दर्ता गर्न लगाउ भनेकाे, बन्द गर भन्दै नभनेकाे प्रतिक्रिया दिएबाट याे दाबी गर्न सकिन्छ।
जबकी याे विषयमा सत्तासाझेदार दलका सभापतिलाई नै छलिएकाे प्रष्ट हुन्छ। त्याे कसरी भने देउवाले मिडियालाई आफूले दर्ता गर्न लगाउ भनेकाे, बन्द गर भन्दै नभनेकाे प्रतिक्रिया दिएबाट याे दाबी गर्न सकिन्छ।
आज लाखाैँ नेपालीका आफ्ना आफन्त प्रदेशमा छन्। उनीहरुको रेमिटेन्सले प्रधानमन्त्रीकाे तलब, भत्ता, सुविधा चलिरहेको छ । नेताहरुकाे भरणपाेषण भइरहेकाे छ। उनीहरुकै अभिव्यक्ति र आफन्तसँगकाे सम्पर्क बन्द गराएर ओलीले अनिनायकबादी चरित्र देखाइरहेकाे जेनजीले देखिरहेको छ।
पटकपटक प्रधानमन्त्री भइसकेका र ज्ञानकाे भण्डारकै रुपमा प्रस्तुत हुने ओलीलाई जेब्रा क्रसिङमा पैदलयात्रीले पाइला राखेकाे खण्डमा पनि सवारी नराेक्नु समेत कसूर हो भन्ने ज्ञान नहुने कुरै भएन।
विडम्बना आफ्नै पार्टीका मन्त्रीले एक बालिकालाई मरणाशन्न हुनेगरी ठक्कर दिएर भाग्दा पनि उल्टै ‘पार्टीको विधान अधिवेशन भाँड्ने सडयन्त्र’ देखिदिए। ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ भने झैं भाेग्नेलाई भन्दा पनि प्रमको उक्त अभिव्यक्ति सुन्नेकै राैं ठाडा भए।
थाेरै पनि मानवीय संवेदना नभएकाहरुलाई समेत संरक्षण र अभिभावकत्व दिने ओलीको याे चरित्रलाई पनि जेन-जी पुस्ताले सहन सकुन्जेल नियालिरहेकाे थियाे। यस्तै कर्म र करतुतकाे उभार, उम्ल्याइ र उकुसमुकुस हाे जेनजीकाे साेमबारकाे प्रदर्शन ।
तर अत्तालिएका ओलीले यसमा पनि सडयन्त्र देखे र भने- ‘याे बेकारकाे उक्साहट हाे’ । हाे याे उक्साहट हाे तर अरुको नभै ओलीजी याे यहाँजस्ताकै कुकर्म र कुव्यवहारकाे प्रतिफल हाे।
त्याे उक्साहट कसरी भन्नुहाेला ? यहाँले उक्साउन नछाेडेको वर्ग, पेशा, क्षेत्र कमै हाेला । आफ्ना ‘झाेले’ बाहेक। कुरा तात्तातै हाे- आइतबार पार्टीकाे कार्यक्रममा प्रसंगबेगर एउटा पत्रिकाकाे अन्तर्वार्ताबारे बाेल्नुभयाे- मान्छे आफै स्वतन्त्र नभएपछि, खाेपडी स्वतन्त्र नभएपछि र चिन्तन स्वतन्त्र नभएपछि त्यसले कहाँबाट स्वतन्त्रता ल्याउँछ भन्दै ‘गाँठ बुद्धिजीवीको गाँठ पत्रिका’ भन्दै आलाेचना गर्नुभयाे।
अन्तर्वार्ताकाे अन्तर्वस्तु नै काेट्याएर बाेल्नुभयाे- ‘म्यासेज नबुझ्ने, म्यासेन्जर बन्द गर्ने, क्या बाैद्धिकता प्रकट भएको छ त्यहाँ । बाैद्धिकताकाे टाँट उल्टिएको कहाँनेरी छ भने कुनै पनि व्यापारीले, काराेबारीले देशकाे कानुनभित्र बाँधिनुपर्छ भन्ने कुरा चुइँक्क बाेल्न सक्दैन।’ अनि तपाइँका अघिल्तिरका ‘झाेले महाविद्वानहरु’ परररर ताली बजाउँछन्।
एमाले अध्यक्ष ओली ज्यु तर त्यहाँ पनि जेनजीपुस्तालाई कसैले ठगिखाने भाँडाे बनाएकाे आराेप लगाउँदा लगाउँदै पनि फकाउने प्रयत्न गर्नुभयाे । देशलाई माया गर्ने पुस्ताका रुपमा व्याख्या गर्न खाेज्नुभयाे । विडम्बना बाेलीमा तपाइँकाे हुँकार थिएन, जेन-जीले आँटेकाे विद्राेहप्रति यहाँकाे आवाज लरबरिएकाे प्रतित हुन्छ।
उक्साहट भन्दिएर नहुने लागेर हुनुपर्छ, प्रधानमन्त्री र देशकाे अभिभावकाे स्वरमा यहाँले समसाँझतिर ‘छाेरा-छाेरी’का नाममा भिडियाे सन्देश नै सार्वजनिक गर्दै अपिल गर्नुभयाे ‘मनकाे मात्र नसुन्नु, मस्तिस्ककाे सुन्नु।’
तर जेन-जीकाे याे आन्दाेलन लामाे समयकाे मथिङ्गल खियाइको उपजका रुपमा देखिएको छ। ओलीसहित विभिन्न दलमा रहेर लामाे समय राजपाठ चलाएकाहरुलाई अझै पनि अवसर छ- अभिभावक भएर बस्ने कि अभिसापका रुपमा चित्रित हुने !
तस्बिरहरु: सामाजिक सञ्जालबाट
जेनजी पुस्ता शिवराज याेगी