काठमाडौं। आज राजधानीलगायतका देशका विभिन्न भागमा जेन जी प्रदर्शन हुँदैछ।
विगतमा हुने राजनीतिक वा अन्य शक्ति प्रदर्शनलाईजस्तो जेन जीको प्रदर्शनलाई नेपाल प्रहरीले ‘कठोर’ रुपमा हेरको छैन।
प्रहरीले जेन जी प्रदर्शन शान्तिपूर्ण हुने भनिएकाले आवश्यकताअनुसार सुरक्षा तैनाथी बढाएको छ।
प्रदर्शन अराजक भएमा मात्रै सोही अनुसार व्यवहार गर्ने प्रहरीको भनाइ छ। जेन जी प्रदर्शनमा घुसपैठ नहोस भनेर उनीहरु आफै सचेत भएकाले पनि प्रहरीले कडा रबैया अपनाउनु नपर्ने विश्वास लिएको छ।
राजधानीका विभिन्न स्थानमा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
तस्बिर : सामाजिक सञ्जाल
जेनजी पुस्ता