काठमाडौं। जेनजी पुस्ताले हिँजो २३ भदौमा गरेको सकारात्मक मागसहितको आन्दोलनमा सरकार निर्मम बनेपछि आज त्यसले उग्र रुप लिएको छ।
नेता, तस्करका घरमा छानी छानी आक्रमण थालेपछि कांग्रेस सभापति एकाविहानै प्रधानमन्त्री भेट्ने भन्दै निस्केका थिए, तर उनी कहाँ छन् भन्ने खुलेको छैन।
प्रधानमन्त्री केपी ओलीले साँझ सर्वदलीय बैठकको आह्वान गरेपनि उनी काठमाडौं छोड्ने तयारीमा रहेको बुझिएको छ।
यतिबेला बालुवाटारमा तीनवटा हेलिकप्टर अवतरण गरेका छन्। विभिन्न माध्यमबाट प्राप्त सूचनाअनुसार शीर्ष नेताहरु बालुवाटारबाटै काठामाडौं छोड्ने तयारीमा रहेको बुझिएको छ।
स्थिति भयाबह भएपछि सुरक्षा निकायले पनि नेताहरुलाई सुरक्षाको अवस्थाअनुसार सिमित गतिविधिमा संलग्न हुन हिँजै भनिसकेको थियो।
जेनजी पुस्ता शीर्ष नेता