Logo
२४ भदौ २०८२, मंगलबार

सिंहदरबार र संसद भवन प्रदर्शनकारीको कब्जामा !

अक्षरपाटी
२०८२ भदौ २४ , मंगलबार ०२:०९ मा प्रकाशित

काठमाडौं। भदौ २३ को आन्दोलनमा सरकारद्वारा आफ्ना साथीको बर्बर हत्या भएपछि उत्तेजित भएका प्रदर्शनकारीले संघीय संसद भवन र सिंहदरबार कब्जमा लिएका छन्।

सोमबार पनि संसद भवन प्रवेश गरेपछि प्रहरीको गोलीबाट १९ जनाको ज्यान गएको थियो। आज भने प्रदर्शनकारीले संसद भवन प्रवेश गरेर नियन्त्रण जमाएका छन्।

त्यस्तै प्रदर्शनकारीहरू सिंहदरबार समेत प्रवेश गरेका छन्। विभिन्न मन्त्री, नेताले राजीनामा दिइरहेका बेला प्रदर्शनकारी सिंहदरबार कब्जाको अवस्थामा पुगेका हुन्। उनीहरूले मुल गेट तोडेर प्रवेश गरेका हुन्।

अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ ।

शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा समेत प्रदर्शनकारीले आगो लगाइदिएका छन्।

यतिबेला प्रदर्शनकारीले हिल्टन होटेलमा समेत आगजनी र तोडफोड गरिरहेका छन्।

आन्दाेलन