० बलदेव थापा
रुँदैछन् अनि आक्रोशित छन्
छोराछोरीहरु
आफ्नै उमेर समूहका
अनि आफ्नै मनोविज्ञानका
मारिँदा साथिहरु राज्य दमनमा।
स्तब्ध छन बुबा-आमाहरु
देखेर आफ्ना छोरा-छोरीको मनोभावना
सम्झेर तीं बुबा-आमाहरुको अवस्था
पाए जसका छोरा-छोरीले राज्यको गोली
गुमाए कलिलै उमेरमा आफ्नो ज्यान
उठाउँदा न्यायोचित आवाज ।
हेर्दैछु
जलिरहेछ शहर
बलिरेहछ आक्रोशको आगो
धुवाँले भरिएको छ सेरोफेरो
अशान्त छ सिंगो देश।
सकिएको छैन गर्न आँकलन
कस्तो होला अबको अवस्था
हल्लिएको छ सत्ता
कमजोर देखिँदैछ वर्तमान ब्यवस्था ।
नदेखेका राणा शासनको दमन
नभोगेका पञ्चायतको बर्बरता
राम्ररी नबुझेका त्यसपछिका द्वन्द
अनि आन्दोलनहरु
कलिला बाँसका मुना जस्ता
ठूलो आवाज पनि सहन नसक्ने
किशोर किशोरीहरु,
नसुनेका अविभावकको चर्को गालि
अनुभूत गरेका गालिभित्रको माँया
उठाए आवाज
शुरुगरे आन्दोलन
सोचे राज्य त हो अविभावक
सम्झे सुन्छ आवाज राज्यले।
पाएननु थाहा यसरी बर्साउँछन गोली
गरेननु आँकलन यसरी हुन्छ दमन
यस्तो हुन्छ अविभावक विहीनता
यस्तो हुन्छ राज्य बर्बरता।
एकैछिनमा सकियो जीवन
एकैछिनमा बिलायो सपना
दबाउन खोजियो आवाज
जोगाउन सत्ताको फलामे बार
ढालियो कोमल शरिर
बगाइयो सडकमा रातो रगत।
शिक्षित प्यारा नयाँ पुस्ता
बुझ्नुपर्छ फोहोरी खेल
खेल भित्रको झेल
हुनुछ संयमित
बचाउनुपर्छ मनवता
देखाउनु पर्छ हार्दिकता।
नलगाउँ आफ्नै घरमा आगो
नबिगारौँ भौतिक संरचना
बुझेरे निरंकुशहरुको इच्छा
पुर्याएर विवेक
अनि भएर संयमित
नपुर्याउ आफैलाई हानी।
किनकि
लगाउनु पर्दैन बल
खेर फाल्नु पर्दैन शक्ती
आफै झर्छ कुहिएको फल
गर्नुपर्दैन चिन्ता
हट्नेछ कुहिएको गन्ध बस्तीबाट
उडिजानेछ सुकेको पात
सकिनेछ यो कालो रात
आउनेछ सुन्दर बिहानी।




