काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच अहिले पनि छलफल चलिरहेको छ ।
अन्तरिम सरकारको प्रधानमन्त्रीमा कार्कीलाई नियुक्त गर्ने विषयमा शीतल निवासमा राष्ट्रपति पौडेलले छलफल गरिरहेका हुन् ।
कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने विषयमा सहमति भइसके पनि संसद विघटनबारे कुरा नमिलेकोले छलफल जारी रहेको बुझिएको छ।