Logo
३० भदौ २०८२, सोमबार

गृहमन्त्री अर्यालले पदभार सम्हाले, मृतकको सम्मानमा शोक दिवस मनाउने

अक्षरपाटी
२०८२ भदौ ३० , सोमबार ०१:०९ मा प्रकाशित

काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथ लिएपछि उनले पदभार सम्हालेका हुन् ।

पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेका छन्। मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि उनले गरेका छन् ।

कार्की नेतृत्वको अन्तरिम सरकारमा तीन जना मन्त्रीहरु नियुक्त भएका छन् । ऊर्जा र भौतिक तथा सहरी विकासमा कुलमान घिसिङ, अर्थमा रामेश्वर खनाल र कानुन तथा गृहमन्त्रीमा ओमप्रकाश अर्याल मन्त्रीमा नियुक्त भएका हुन्।

गृहमन्त्री ओमप्रकाश अर्याल

ट्रेन्डिङ ( साप्ताहिक )