काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सोमबार सिंहदरबार पुगेर पदभार ग्रहण गरेसँगै टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन् ।
मन्त्री खनालले जेनजी आन्दोलनका कारण क्षति पुगेको सरकारी भवन र संरचनाहरु बनाउनुपर्ने र त्यसका लागि ठूलो बजेट खर्चनुपर्ने भएकोले पनि टुक्रे आयोजनाका बजेट कटौती गर्ने निर्णय गरेका छन् ।
पदभार ग्रहण गर्दै मन्त्री खनालले आफूलाई माननीय भनिरहनु नपर्ने पनि बताए । उनले विषय परिस्थितिमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालन आएको र ६ महिनाभित्रै चुनाव भएर नयाँ नेतृत्व आउने भएकोले त्यो अवधिसम्म जति काम गर्न सकिन्छ त्सयलाई राम्रोसँग गर्ने आशय व्यक्त गरे ।
उनले भने ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुपर्ने, निर्वाचन गर्नुपर्ने, पुनरनिर्माण गर्नुपर्ने भएकोले पनि खर्च कटौती गर्नुपर्ने भएकोले टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गर्नुपरेको बताए ।
अर्थमन्त्री रामेश्वर खनाल