Logo
१ असोज २०८२, बुधबार

जेन-जी आन्दाेलनमा ज्यानकाे आहुती दिनेहरुको सम्मानमा देशभर शाेक बिदा

अक्षरपाटी
२०८२ असोज १ , बुधबार ११:०९ मा प्रकाशित

काठमाडौं । सरकारले जेन-जी पुस्ताले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ।

भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७३ जना युवाको मृत्यु भएको थियो।

उनीहरुको सम्मानमा भदौ ३० गतेको मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो।

सो निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ। यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइकाे छ।

मृत्यु भएकाहरुको मंगलबार शवयात्रासहित पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो।

जेन-जी आन्दाेलन शाेक बिदा