धनगढी। जेनजी आन्दोलनका क्रममा जीवन गुमाएका सहिदहरुको १३ औँ पुण्यतिथिको अवसरमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि धनगढीले शनिबार साँझ दीप प्रज्वलन गरेको छ।
आज साँझ हस्पिटल प्राङ्गणमा आयोजित कार्यक्रममा सहिदहरुको बलिदानप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको हो।
कार्यक्रममा निसर्ग हस्पिटलमा कार्यरत सम्पूर्ण डाक्टर, स्टाफ नर्स, कर्मचारी तथा प्रशासनतर्फ कार्यरत कर्मचारीको सक्रिय सहभागिता थियो। दीप प्रज्वलनमा स्थानीयबासी, सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको समेत उल्लेख्य उपस्थिति थियो।