Logo
७ कात्तिक २०८२, बिहीबार

नवनियुक्त मन्त्रीहरुको शपथ ३ बजे

अक्षरपाटी
२०८२ असोज ६ , सोमबार ०२:०९ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिमण्डलमा नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह एक घण्टाका लागि सारिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ कार्यक्रम ३ बजेसम्मका लागि सरेको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि २ बजे शपथ हुने भनिएको थियो।

कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन्।

तर, स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी मिश्राको नियुक्ति अन्तिम समयमा आएर ‘होल्ड’ हुने भएको छ।

शपथ शितल निवाश