काठमाडौं । एक दशकदेखि सञ्चालनमा रहेको मदरल्याण्ड हस्पिटल प्रालि अब पब्लिक लिमिटेडमा जाने भएको छ।
एकल लगानीमा आफ्नै भवनमा संचालित अस्पतालको संचालक समितिको बैठकले कम्पनीमा स्थानीयहरुको जनसहभागिता बढाउने उद्देश्यले शेयर आह्वान समेत गरेको छ।
मदरल्यान्ड हस्पिटल प्रालिले प्रदान गर्ने सेवाहरुलाई आगामी दिनमा अझ अत्याधुनिक बनाउने र सेवा सहज र सरल बनाउने उद्देश्यले कम्पनीको शेयर निष्कासन गरेर पब्लिक लिमिटेड कम्पनी लग्ने निर्णय भएको प्रालिका अध्यक्ष करबिर नाथ योगीले जानकारी गराए।
हालसम्मको अडिट रिपोर्टअनुसार कम्पनीको कुल लागत मूल्यको ४० प्रतिशत भन्दा नबढाई हुन आउने रकम बराबरको शेयर निष्कासन गरी प्रतिव्यक्ति न्यूनतम एक लाख र बढीमा एक करोड सम्मका शेयर वितरण गरिने अध्यक्ष योगीले बताए।
शेयर लगानीकर्ताले अस्पतालको सेवामा २० प्रतिशतसम्म छुट दिइनेछ । यस्तो छुट शेयर खरिदकर्ता, खरिदकर्ताको बुबा-आमा, श्रीमान-श्रीमती तथा छोरा-छोरी समेतलाई दिइनेछ।
यस्तो छ हस्पिटलको सूचना :
करबिरनाथ योगी मदरल्याण्ड हस्पिटल प्रालि