कञ्चनपुर। पटक पटक गल्ती गरेकै कारण आज काँग्रेसको यो अवस्था आएको नेपाली काँग्रेसका महासमिति सदस्य तथा सुदूरपश्चिमका युवा नेता लेखराज जोशीले ठोकुवा गरेका छन्।
उनले देशको नेतृत्वमा पटक पटक पुगेर पनि गल्तीमाथि गल्ती गरेकै कारण आज जेनजी पुस्तामा चरम असन्तुष्टि देखिएको स्वीकार्नैपर्ने उनले बताए। उनले अब परिवर्तित अवस्था, सुधारको चाहना र भ्रष्टाचाररहित समाजको मागलाई स्वीकारेर काँग्रेस अघि बढ्नपर्ने पनि बताए।
नेपाली काँग्रेस कञ्चनपुर २ (क) को नियमित छलफल तथा दशैँ शुभकामना कार्यक्रममा सम्बोधन गर्दै नेता जोशीले भने, ‘बदलिँदो परिस्थितिमा अब काँग्रेसले दम्भ र प्रतिशोध त्यागेर अगाडि बढ्नुपर्छ। अब नयाँ पुस्ताले पुराना कथाको ब्याजमाथि ब्याज असुल्ने नेतृत्व चाहेका छैनन्। निर्णय लाद्ने होइन राष्ट्रिय सम्मेलन गरेर सबैको कुरा सुन्नुपर्छ ।’
उनले केन्द्रीय कमिटी, पदाधिकारी बैठक वा कार्यसम्पादन समितिको निर्णयका नाममा अब पनि निर्णय लाद्ने काम भयो भने त्यो स्वीकार्य काँग्रेसकै युवा पुस्तालाई नहुने चेतावनी दिए। ‘अब राष्ट्रिय बहस हुनु जरुरी छ । वडा बस्नेका आवाज सुनिनुपर्छ, गाउँमा बस्नेका आवाज सुनिनुपर्छ, शहरमा बस्नेका आवाज सुनिनुपर्छ, दुर्गममा बस्नेका विचार सुनिनुपर्छ, सुगममा बस्नेका सोच सुनिनुपर्छु’, नेता जोशीले भने, ‘अब लादेर निर्णय सुनाउने अवस्थाभन्दा स्थिति र परिस्थिति धेरै पर पुगिसकेको छ।’
काँगे्रसले मध्यमार्गीबाटोका नाममा आफूमा आएको शक्ति नेताहरुले अरुलाई सुम्पँदै गएको उनले स्पस्ट पारे। उदाहर दिँदै भने- ‘रामजनम चौधरी यहाँ प्रतिनिधि खटेर आउँदा माओवादीलाई भोट हाल्नुस भन्दै उर्दी गर्नुभयो । त्यो उर्दी नै हो नि । हामीले जहिले ऐजेरु काँधमा बोकेर हिँड्यौँ । त्यसैले काँग्रेस सुक्दै गयो, ऐजेरु मौलाउँदै गयो ।’
समय समयमा ऐजेरु बोकेर हामी सुकेको भन्दै उनले नेपाली काँग्रेसले नै गठबन्धनको नाममा कहिले माओवादीमा भोट हाल्न उर्दी गर्यो, कहिले सूर्यमा यो कसको कमजोरी रह्यो ? भन्दै प्रश्न गरे ।
जोशीको मन्तव्यको सारांस
संघीय लोकतन्त्र स्थापनापछि हामीले सत्तालिप्सामा जहिले काँधमा ऐजेरु बोकेर हिँड्यौँ । ऐजेरुको मौलाउँदै गए। हामी सुक्दै गयौँ । गल्ती त्यहीँबाट सुरु भयो । पार्टीका नेता, साँसदहरु अवसरमै मग्न भए। पटक पटक मन्त्री साँसद बन्नमै रमाए।
मध्यमार्गी बाटोको नाममा जनताका आवाज सुनिनुपर्थ्याे । थितिको शासन बुनिनुपर्थ्याे । त्यो भएन र जेनजी पुस्ताको विद्रोहले उथलपुथल बनाइदियो । अहिले पनि चेत आएन भने हामी अघि बढ्न सक्दैनौँ ।
साथीहरुले वडावडामा जाउँ प्रतिकार गरौँ भने, जान त जाने के भनेर जाने ? अहिले नेपाली काँग्रेस ऐजेन्डा बिहीन छ । के गर्ने र कसो गर्ने पछि निर्णय गरौँला भनेर केन्द्रका नेताहरु विज्ञप्तिबाजी गरिरहेको छन् । गर्नुपर्ने बेला अहिले हो ।
राष्ट्रपतिले नै जुक्ति लगाएर संविधान जोगिएको भनिसक्नुभएको छ । जुक्तिले त देश चल्दैन । यस्तोमा सच्चिनुपर्ने सच्चिउँ, बहस सुरु गरौँ । हामीले दिने सुझाव हो । सम्मेलनबाट, त्यो पार्टीले राष्ट्रिय भेलाबाट संकलन गर्छ कि, विशेष महाधिवेशन बाट गर्छ कि, फास्ट ट्याकबाट नियमित महाधिवेशन गराएर गर्छ, त्यो अविलम्ब गर्नैपर्छ।
राष्ट्रपतिले नै जुक्ति लगाएर संविधान जोगिएको भनिसक्नुभएको छ । जुक्तिले त देश चल्दैन । यस्तोमा सच्चिनुपर्ने सच्चिउँ, बहस सुरु गरौँ । हामीले दिने सुझाव हो । सम्मेलनबाट, त्यो पार्टीले राष्ट्रिय भेलाबाट संकलन गर्छ कि, विशेष महाधिवेशन बाट गर्छ कि, फास्ट ट्याकबाट नियमित महाधिवेशन गराएर गर्छ, त्यो अविलम्ब गर्नैपर्छ। आम चाहना सम्बोधन हुनैपर्छ ।
जेनजी आन्दोलनमा चरम दमनले पनि नरोकिएपछि जुन दिन देश सरकार शून्यता भयो त्यो दिन आर्मीको पोल्टामा गयो । त्यो दिन प्रतिनिधि सभा आफै हारेको दिन हो ।
अहिले नयाँ परिवेशमा देश गएको छ । अन्तरिम सरकारले फागुन २१ को निर्वाचन तोकेको छ । निर्वाचनमा जाने कि नजाने भन्ने पार्टीले आधिकारिक धारणा आएको छैन । किन छैन भने हाम्रा नेता निर्णय गर्नसक्ने क्षमतामै हुनुहुन्न, शून्यतामा हुनुहुन्छ । धेरै साथीको मनसाय जाने बुझिन्छ ।
निर्वाचनमा जानैपर्ने अवस्था आयो भने पनि के लगेर जाने ? एजेन्डा के हो ? प्रत्यक्ष कार्यकारी भन्ने माग उठेको छ, त्यसमा हाम्रो सहमति हो कि होइन ? संसदीय व्यवस्था यस्तै रहने कि, फरक तरिकाले जाने हो ? संसद राख्ने कि, नराख्ने भन्ने छ, प्रदेश राख्ने कि नराख्ने भन्ने छ । यीँ थुप्रै विषयमा हामीले बहस नै गरेका छैनौँ । मन्थन नै भएको छैन । नेतृत्वतह विज्ञप्तिबाजी र दन्तबझानमै छ । अनि हामीले गाउँ गाउँमा गएर तरुण युवालाई स्टेन्डबाइ रहनु के भनेर भन्ने ? उनीहरुले प्रदेश रहने कि नरहने भनेर सोधेमा के जवाफ दिने ?
अब कांग्रेसले अबिलम्ब राष्ट्रिय सम्मेलन आयोजना गर्नुपर्छ । सबैलाई बहसमा सहभागी गराउनुपर्छ । वडामा बस्नेको अवस्था के छ ? गाउँमा बस्ने मान्छेको मनस्थिति कस्तो छ ? शहरमा बस्ने मान्छेको सोच कस्तो छ ? जनप्रतिनिधिहरुको अवस्था के छ ? कार्यकर्ताको अवस्था के छ ? पार्टी सभापतिको अवस्था के छ ? यीँ सबैले देखे, भोगे र बुझेको अवस्था राष्ट्रिय सम्मेलनमार्फत सुन्न जरुरी छ ।
हाम्रा नेता र जनप्रतिनिधि आजको जेनजी आन्दोलन निम्त्याउनुका दोशी छन् । हामीले मत माग्दा कसरी माग्यौँ । के भनेर माग्यौँ ? हामी आफ्नै परिवेशमा रमायौँ । आफ्नै इगोका शिकार भयौँ । एक सरकारले एउटा एजेन्डा ल्याउँछ, अर्कोले अर्को ल्याउँछ ।
हिँजो काठमाडौंमा बस्ने मान्छेले के देखे ? दुर्गममा बस्नेले के देखे ? यो सबै समीक्षा हुन जरुरी छ । नेपाली कांग्रेसले मध्यमार्गी बाटो तय गरेर यो समाजको, देशको र व्यवस्थाको मियो बनेर अगाडि बढ्नुपर्छ । अब यहाँ द्वन्द भडकाउने कुरा हुँदैन, मुठभेड गर्ने छुट छैन । परिवर्तनको चाहनालाई आत्मसाथ गर्नैपर्छ । स्वीकार्नैपर्छ।
नेपाली काँग्रेसले सबैको भावनाको सम्मान गर्नुपर्छ । नेपाली काँग्रेस त अल्मतको भावनालाई पनि सम्मान गर्ने पार्टी होइन र ? आन्दोलनको पनि सम्मान गर्नुपर्छ भन्ने पार्टी हो नि त । त्यो अल्पमतलाई सम्मान गर्ने क्रममा पनि हामीले मध्यमार्गी बाटो अबलम्बन गर्नुपर्छ । हामीले आफूले आफूलाई सुधार्न जरुरी छ । आफूभित्रको कमजोरी र दम्भ त्याग्न आवश्यक छ ।
हाम्रा नेता र जनप्रतिनिधि आजको जेनजी आन्दोलन निम्त्याउनुका दोशी छन् । हामीले मत माग्दा कसरी माग्यौँ । के भनेर माग्यौँ ? हामी आफ्नै परिवेशमा रमायौँ । आफ्नै इगोका शिकार भयौँ । एक सरकारले एउटा एजेन्डा ल्याउँछ, अर्कोले अर्को ल्याउँछ । हामीले संविधान संसोधनको ऐजेन्डा लिएर सरकारमा गयौँ, तर विषय नै प्रवेश गरेनौँ । हो त्यसैको असन्तुष्टिको आगो जेनजी आन्दोलन हो भनेर स्वीकार्न हामीले लाज मान्न हुँदैन ।
हो घुसपैठको सवाल उठिरहेको छ । धुसपैठ भने पनि जे भने पनि त्यो पनि नेपाली हो । त्यो घुसपैठमा हामी पनि सहभागी थियौँ, त्यो किन भने घुपैठ भनिएकाहरु हाम्रै छोरानाती थिए ।
नेपाली कांग्रेस लेखराज जाेशी