Logo
२७ असोज २०८२, सोमबार

ज्योति विकास बैंकद्वारा नापी तथा मालपोत कार्यालयलाई कम्प्युटर हस्तान्तरण

अक्षरपाटी
२०८२ असोज १० , शुक्रबार ०२:०९ मा प्रकाशित

धनगढी । ज्योति विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कैलालीका दुई सरकारी कार्यालयलाई कम्प्युटर सेट हस्तान्तरण गरेको छ।

बैंकले नापी कार्यालय कैलालीलाई ५ थान मनिटर र मालपोत कार्यालय कैलालीलाई १ थान कम्प्युटर सेट हस्तान्तरण गरेको हो।

हालै जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण यी कार्यालयका अधिकांश सामग्री नष्ट भएका थिए। सेवाग्राहीले समस्या भोग्नुपर्ने अवस्थाको समाधानका लागि ज्योति विकास बैंकले सहयोग स्वरूप कम्प्युटर उपलब्ध गराएको हो। यसले नापी तथा मालपोत कार्यालयलाई सेवा प्रवाहलाई सहज र छरितो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बैंकका कर्मचारी, नापी तथा मालपोत कार्यालयका प्रतिनिधिहरूको उपस्थिति थियो।

ज्योति विकास बैंक