Logo
२९ पुस २०८२, मंगलबार

आजदेखि रुट परमिट खुला

अक्षरपाटी
२०८२ असोज ६ , सोमबार १२:०९ मा प्रकाशित

काठमाडौं । दशैंको लागि सरकारले सार्वजनिक सवारी साधनमा रुट परमिट खुला गरेको छ।

आजदेखि असोज २२ गते अर्थात पूर्णिमाको पर्सिपल्टसम्मका लागि नेपालभर रुट परमिट खुला गरिएको हो।

रुट परमिट खुला भएपनि कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारी साधन भने चल्न पाउने छैनन्। त्यस्तो पाइएमा थप कडा कारबाहीको तयारी सरकारले गरेको छ।

यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायत ठूला सवारी साधन आजदेखि २० असोज पूर्णिमासम्म नारायणघाट–काठमाडौं रुटमा चलाउन नपाउनेगरी निर्णय भएको छ।

रुट परमिट