Logo
२७ असोज २०८२, सोमबार

रेकर्डमाथि रेकर्ड: सुन एकैदिन २५ सयले उचालिँदै हालसम्मकै महँगो

अक्षरपाटी
२०८२ असोज २० , सोमबार ११:१० मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राखेको छ । सोमबार तोलाको २५ सय रुपैयाँले बढ्दै सुन हालसम्मकै महँगो भएको हो ।

सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँ थियो । आइतबार पनि सुनको मूल्य ७ हजार ४ सय रुपैयाँले बढेर रेकर्ड राखेको थियो ।

सुनको मूल्य बढ्दा सोमबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर २९ सय ३० रुपैयाँ पुगेको छ ।

सुनचाँदी

ट्रेन्डिङ ( साप्ताहिक )