काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ९५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार २२० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार १२५ रूपैयाँमा कारोबार भएको थियो।
सुनचाँदी