Logo
६ कात्तिक २०८२, बुधबार

भ्रष्टाचारविरुद्ध ठोस परिणाम दिने गरी राज्य संयन्त्र लागिरहेको छ : प्रधानमन्त्री कार्की

अक्षरपाटी
२०८२ कात्तिक ६ , बुधबार ०३:१० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई सुशासन र स्थायित्वको दिशामा अघि बढाउन सरकार लागिपरेको बताइएकी छन्।

नेपाल संवत् ११४६ को अवसरमा वसन्तपुरस्थितमा आयोजित कार्याक्रममा उनले आगामी प्रतिनिधिसभा निर्वाचन भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने तयारीले तीव्र रुपमा अगाडि बढाइरहेको जानकारी दिइन्।

उनले सरकार निर्वाचनको व्यापक तयारीमा लाग्यो भन्दैमा भ्रष्चारविरुद्धका मुद्दा र शुसानको सवाल ओझेल परेका भनेर बुझ्न नहुने विचार व्यक्त गरिन्।

‘आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी पाएको छ। त्यसको तयारीमा हामी दत्तचित्त भएर लागेका छौँ’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘निर्वाचन प्राथमिकतामा राख्नुको अर्थ सुशासन र भ्रष्टाचारविरुद्धका मुद्दामा मौन बस्नु होइन।’

प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन्, ‘संविधानको अधीनमा रही हामीले जेनजी आन्दोलनले उठाएका सुशासनसम्बन्धी आवाजलाई सम्बोधन गर्नुपर्छ भन्ने दायित्व बुझेका छौँ । त्यसअनुरूप राज्य संयन्त्रहरुबाट ठोस परिणाम दिने गरी काम अघि बढिरहेको छ ।’

उनले विद्रोहपछिको राजनीतिक अवस्थालाई सामान्यीकरण गर्दै सबै पक्षसँग निरन्तर संवाद भइरहेको उल्लेख गर्दै परिवर्तनका वाहक जेनजी समुदायसँग पनि सम्पर्कमा रहेको बताइन्।

समाजको सबै पक्षको सक्रिय सहभागिताबिना लोकतन्त्र सफल नहुने धारणा व्यक्त गर्दै उनले समाजमा सद्भाव, एकता र सचेत नागरिकको विकासमार्फत लोकतन्त्रको रक्षा तथा भ्रष्टाचार नियन्त्रण गर्न सबैलाई आह्वान गरिन्।