काठमाडौं। हिमपातमा फसेकाहरुको उद्धार गर्न गएको हेलिकोप्टर सोलुखुम्बुको लुबुचेमा दुर्घटनामा परेको छ।
आज बिहान अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा परेको हो।
अवतरण गर्ने क्रममा हेलिकोप्टर चिप्लिएर दुर्घटना भएको स्थानीय प्रशासनले जनाएको छ।
यात्रुरहित हेलिकोप्टरका चालकको भने सकुसल उद्धार गरिएको छ।
नेपाली सेनाले हिमपातमा फसेका १५ सय जनाको उद्धार गरेको छ।
मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकको सेनाले उद्धार गरेको हो।
भारी हिमपातमा फसेका २ सय विदेशी पयर्टकसहित १५ सयको उद्धार गरिएको सेनाले जनाएको छ।




