Logo
२३ मंसीर २०८२, मंगलबार

‘राम नाम सत्य’को छायांकन चितवनमा

अक्षरपाटी
२०८२ कात्तिक २२ , शनिबार ०२:११ मा प्रकाशित

चितवन। चलचित्र ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु गरिएको छ।

झण्डै ८० प्रतिशत छायांकन नै चितवनमै गर्ने तयारीका साथ काम सुरु गरिएको निर्देशक माइकल चन्दले जानकारी दिए।

उनका अनुसार, ४० दिन चितवनमा फिल्म खिचेर १० दिन मुस्ताङको सेड्यूलमा खिचिनेछ।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले रत्ननगर जिरौनास्थित धर्मधाम कृष्ण मन्दिरबाट छायांकनको शुभारम्भ गरेका थिए।

‘राम नाम सत्य’को छायांकन चितवनमा हुँदा चितवनलाई फिल्म सिटीको रुपमा चिनाउन र पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने प्रोड्यूसर राजेन्द्र आचार्यले बताए।

चलचित्र यही वर्षको चैत्र २७ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ। चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आशा पौडेल, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, रवि गिरी, दिनेश डीसी लगायतका कलाकारहरुको अभिनय रहनेछ।

साथै, फिल्ममा राजेन्द्र आचार्य, अर्जुन सुनार, रामेश्वर शाह, पुजन लामिछानेको विशेष भूमिका रहनेछ।

उपेन्द्र शाही र स्वेता बिमली निर्माता रहेको फिल्ममा किशोर भट्ट र राजेन्द्र भट्ट कार्यकारी निर्माताको रुपमा छन्।

मोती कार्की क्रियटिभ निर्माताको रुपमा रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, अर्जुन पोखरेल, एसडी योगी, विमल गिरी र नवाज अन्सारीको संगीत छ।