
काठमाडौं। नेपाली काँग्रेसका संसद पुनःस्थापनाको होइन चुनावको पक्षमा भएको महमन्त्री गगन थापाले स्पस्ट पारेका छन्।
संसद् पुनःस्थापनाका लागि अदालतमा रिट लैजाने एमालेको तयारीमा कांग्रेसका तत्कालीन सांसदले पनि हस्ताक्षर अभियान थालेको प्रचारमा सत्यता नभएको महामन्त्री थापाले घुमाउरो शैलीमा स्पस्ट पारेका हुन्।
उनले नेपाली काँग्रेस यतिबेला फागुन २१ का लागि तय भएको निर्वाचनका लागि तयार भएर बनेको आसय व्यक्त गरेका छन्।
काँग्रेस संसद पुनःस्थापनाको पक्षमा एमालेसँग रहेको विषयलाई खण्डन गर्दै सामाजिक सञ्जालमार्फत भनेका छन्-
‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन। नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा होइन। यस सन्दर्भमा हामी स्पष्ट छौँ। निर्वाचनअघि अधिवेशन गर्नु पर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो।
अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन। नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखौँ।’




