Logo
१५ मंसीर २०८२, सोमबार

मेयर बालेनलाई पितृशोक

अक्षरपाटी
२०८२ मंसीर १५ , सोमबार ०१:१२ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार मध्यान्ह निधन भएको हो ।

उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

अस्पताल स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो ।

शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।

बालेन शाह

ट्रेन्डिङ ( साप्ताहिक )