
कैलाली। कैलालीको धनगढी चौराहाबाट लागूऔषधसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका ३ चौराहाबाट पक्राउ परेका युवा कञ्चनपुरको लालझाडी गाउँपालिका ५ का २७ वर्षीय गोविन्द बिष्ट भएको प्रहरीले जनाएको छ।
उनको साथबाट ५ ग्राम ३६० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पछिल्लो समय कैलाली कञ्चनपुरलगायत सीमानाका लागूऔषध कारोबारीको हब बन्दै गएकोमा स्थानीयको चिन्ता छ।
लागूऔषध


