
काठमाडौं। नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदका लागि नेता चन्द्र भण्डारीले उम्मेदवारी घोषणा गरेका छन्।
सभापति पदप्रति आफ्नो आकांक्षा स्पष्ट र दृष्टिकोण पनि निर्धारित भएको भन्दै उनले आज सामाजिक सञ्जामार्फत उम्मेदवारी घोषणा गरेका हुन्।
पुस २७ देखि २९ सम्म काठमाडौंमा हुने कांग्रेसको महाधिवेशनलाई लक्षित गर्दै उनले सञ्जालमा लेखेका छन्- ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित। तर देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव , समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ।’




