
काठमाडौं। जेनजी आन्दोलनपछि गठन भएको सरकार चौथोपटक विस्तार हुने भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद विस्तार गर्दै चार जना मन्त्री थप गर्ने भएकी हुन्।
आज मन्त्री नियुक्त हुनेमा प्रहरीका पूर्वअतिरिक्त महानिरिक्षक (एआईजी)देखि पर्यटन बोर्डकी कर्मचारीसम्म रहेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीलाई श्रम मन्त्रालयको जिम्मेवारी सम्माल्ने लागेका छन्।
त्यस्तै पर्यटन बोर्डकी कर्मचारी श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्रालय दिइने भएको छ।
माधव चौलागाईलाई वन तथा वातावरण र कुमार इङ्नामलाई भूमी व्यवस्था मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ।
आज नियुक्त हुने नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे तय गरिएको छ। योसँग अब मन्त्रिपरिषद १४ सदस्यीय हुनेछ। प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा कार्कीले आफ्नो मन्त्रिपरिषद सानो आकारको हुने बताएकी थिइन्।
मन्त्रिपरिषद


