
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाजमा चितवनको भरतपुर विमानस्थल गएर त्यहाँबाट भैरहवा जाने भएका छन्।
भैरहवामा मौसम खराब हुँदा आज जहाज उडेको छैन।
भैरहवा जान लागेका लामिछाने केही घन्टादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका थिए।
रास्वपाका नेताहरूले सभापति लामिछाने भरतपुरसम्म जहाजमा गएर त्यहाँबाट गाडीमा भैरहवा जाने बताएका छन्।
रास्वपा नेता प्रमोद न्यौपानेले सभापति लामिछाने जहाजमा भरतपुर गएर त्यहाँबाट गाडीमा भैरहवा जाने बताए।
लामिछाने सहकारीको बचत रकम अपचलन मुद्दामा नख्खु कारागारमा पुर्पक्षमा थिए। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
अदालती प्रक्रिया पूरा गर्न लामिछाने भैरहवा जान लागेका हुन्।
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी


